वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलमाथि कारबाही गर्ने ओलीको चेतावनी

Kp oli @baluwatar expert discussion 20th saun 2077

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताएका हुन् । 

वरिष्ठ नेता नेपाल र रावलले संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफमा प्रतिप्रश्न गर्दै उल्टै स्पष्टिकरण सोधेपछि अध्यक्ष ओलीको प्रतिक्रिया आएको हो ।

नेपाल र रावलले ओलीमाथि संविधान, पार्टीको विधान मिचेको, आर्थिक अनियमितता गर्न खोजेको र देशको हितविपरीत काम गरेको आरोप लगाइएको छ । अध्यक्ष ओलीले चेतावनीयुक्त शैलीमा नेपाल र रावलको जस्तो स्पष्टिकरण घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट नआउने अपेक्षा गरे । 

नेपाल र रावलले हिजो स्पष्टीकरण बुझाउनु भएको हो भने भुसाल र पाण्डेले अझै दिएका छैनन् । संस्थापन पक्षले चित्त बुझदो जवाफ नआए कारवाही गर्ने चेतावनी सहित चार जना नेतालाई स्पष्टिकरण सोधेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...