भीम रावलको प्रश्न, ‘१८ करोड रुपैयाँ भन्दा बढी रकमको दुरुपयोग गर्न अभ्यास गर्नु भएको हो ?

यस्तो छ ओलीलाई रावलले बुझाएको पत्र

Bhim rawal

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिनाको आरोप झुटो भएको बताएका छन् । आफूलाई सोधिएको स्पष्टीकरणको लिखित जवाफ दिँदै उनले यस्तो आरोप लगाएका हुन् ।

पार्टी महासचिव ईश्वर पोखरेलले नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सोमबार पत्र पठाएका थिए । स्पष्टीकरण दिँदै रावलमाथि ३० लाख रुपैयाँ हिनामिना गरेको आरोप समेत लगाइएको थियो ।

जनमानसमा भ्रम छर्न आफूमाथि झुटो आरोप लगाएको भन्दै नेता रावलले स्पष्टीकरणको जवाफमा भनेका छन्, ‘तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड रुपैयाँ भन्दा बढी रकमको दुरुपयोग गर्न आफू सहज तुल्याउने अभ्यास गर्नु भएको मात्र हो कि नभन्ने ?’

रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा त्यसको खण्डन गरेका छन् । साविकको नेकपामा अध्यक्ष ओलीले विधान विपरीत केन्द्रीय र मातहतका कमिटीहरु बनाएपछि पार्टी हितको सुरक्षाका लागि स्थायी र केन्द्रीय कमिटीको निर्णय अनुरुप सुदूरपश्चित कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको कोषमा सुरक्षित गरेको उनको दाबी छ ।

यस्तो छ रावलको स्पष्टीकरणः

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...