नेपाल समूहको बैठक सम्पन्न : प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने निस्कर्ष, एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा नेपाल

Madhav nepal

काठमाडौँ । नेकपाको माधव कुमार नेपाल समूहका नेताहरुको आन्तरिक छलफल सम्पन्न भएको छ।

सर्वोच्च अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्नेबारे नेपाल समूहका नेताहरुको आज (सोमबार) काठमाडौंको नयाँ बानेश्वरस्थित् अर्याल होटलमा बसेको बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट विस्थापित् गर्नेगरि अबको कदम चाल्नेबारे निश्कर्ष निकालेको एक नेताले जनाए ।

एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल सर्वोच्चको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएका छन् ।

तर, अब कसरी अघि बढ्ने ? भन्नेबारे नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अर्याल होटेलको बैठक सम्पन्न भएलगत्तै नेताहरु दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकमा सहभागी हुन पेरिसडाँडामा गएका छन् ।

यसअघि, प्रचण्डनिकट नेता जनार्दन शर्माले आफूहरुले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिने जनाईसकेका छन् । उता, ओलीले पनि आफूलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिए विश्वासको मत लिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...