नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

Prachanda 1 1

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गरेको छ।

यसअघि गत पुसमा पनि प्रचण्ड नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरे पनि सर्वोच्च अदालतले उक्त समयलाई शून्य अवधि घोषणा गरेकाले फेरि दाहाललाई संसदीय दलले संसदीय दलको नेतामा चयन गरेको हो।

शुक्रबार आयोजित बैठकमा नेकपाका करिब १०० सांसद उपस्थित भएको दाबी एक नेताले गरेका छन्। संसदीय दलको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसदका हैसियतले झलनाथ खनालले गरेका थिए।

  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...