विप्लवलाई बधाई दिँदै प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भयो’

Kp oli

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फेरि एकपटक साहसी कदम चालेको बताएका छन्। उनले विप्लवसँगको सहमतिसँगै नेपालको शान्ति प्रक्रिया अन्तिम किस्तामा सम्पन्न भएको पनि बताए।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित सरकार र नेकपाबीच भएको सहमतिपत्रमा हस्ताक्षर गर्न समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए।

उनले भने, ‘नेकपाका महासचिव विप्लव जीलाई बधाई भन्न चाहन्छु। स्वागत छ। शुभकामना छ। एकपटक फेरि साहसी कदम चाल्नु भएको छ।’ उनले अब नेपालमा हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताए।

उनले भने, ‘यो योगदानका लागि विप्लवजीलाई धन्यवाद भन्न चाहन्छु। यो साहसी कदम हो। जो कोहीले यो गर्न सक्दैनन्।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...