सहिदको सपना पुरा गर्न हामी बलिदान दिन तयार छौँ : विप्लव

Viplap1

काठमाडौँ । विप्लव नेतृत्वका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सहिदको सपना पुरा गर्न आफूहरु बलिदानी दिन तयार रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभागृहमा भएको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै विप्लवले ‘आफूहरु बरु बलिदानी दिन तयार रहेको तर सहिदका सपना मर्न नदिने’ प्रतिवद्धता जनाएका हुन्।

महासचिव विप्लवले आज काठमाडौँ आउनुअघि नवलपरासीमा सहिद परिवारसँग भेटघाट गर्ने क्रममा सहिदकी आमाले भनेको कुरा उदृत गर्दै भने, ‘यहाँ धेरैका सपना पुरा भए। तर सहिदका सपना पुरा भएको छैन। जनताको सपना पुरा भएको छैन। त्यसैले सहमतिमा हस्ताक्षर गर्दा हामीलाई सम्झेर हस्ताक्षर गर्नुहोला।’

विप्लवले अहिले देशैभरी सहिद सप्ताह मनाइरहेको उल्लेख गर्दै जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलदेखि झापा आन्दोलनका क्रममा सुखानीको जंगलमा मारिएका पाँच जना सहिदहरुको स्मरण गरे।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...