सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न : दुबै पक्ष समान धारणा नजिक, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

Biplab barta 1

काठमाडौँ । सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच दोस्रो चरणको वार्ता पनि सम्पन्न भएको छ। आज बुधबार बिहान पहिलो चरणको वार्ता गरेका टोलीले आजै अपरान्ह दोस्रो चरणको वार्ता पनि सम्पन्न गरेको हो ।

सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईका अनुसार दोस्रो चरणको वार्ता विषय केन्द्रित भएको र दुवै पक्षबीच समान धारणानिकट पुगेका छन्।

डा.राजन भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नुभएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो,’ भट्टराईले भनेका छन्, ‘वार्ता बिषय केन्द्रित भएको, दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

सरकारले प्रतिबन्धित विप्लव समूहसँग वार्ता गर्नका लागि हिजो मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

सरकारी पक्षले वार्ता टोलीको नाम सार्वजनिक गरेलगत्तै हिजै भूमिगत विप्लव समूहले पनि पूर्वमन्त्री समेत रहेका सो समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उदय चलाउने (दीपक) को नेतृत्वमा दुई सदस्यीय टोलीको नाम सार्वजनिक गरेको थियो।

गृहमन्त्रीको नेतृत्वमा गठित सरकारी टोलीका अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई छन्।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...