सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकारात्क

Biplab barta 1

काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको वार्ता टोलीबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्ता सकारात्क दिशाउन्मुख रहेको सरकारले बताएको छ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी दिएका छन्।

मंगलबार वार्ता टोली गठन गरेको सरकार र विप्लव नेकपाबिच बुधबार वार्ता भएको हो। उच्च सुरक्षाबिच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो।

वार्तामा सरकारले लगाएको प्रतिबन्ध फुकुवा, बन्दी रिहाइसहितका विप्लव नेकपाको मागका विषयमा छलफल भएको छ। सरकारले मंगलबार गृह मन्त्री रामबहादुर थापा बादल र राजन भट्टराई रहेको वार्ता टोली बनाएको थियो।

त्यविप्लव पक्षले पनि वार्ता टोली गठन गरिएको वक्तव्य निकालेको थियो। उक्त समूहले पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ सम्मिलित वार्ता टोली गठन गरेको  थियो । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...