ओली समूहद्धारा सर्वोच्च अदालतले गरेको फैसला स्वीकार, तोकेको समयभित्रै संसद बैठक बोलाउने निर्णय
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी ओली समूहले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।
बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय स्वीकार गर्दै सर्वोच्च अदालतले तोकेको समयभित्रै संसद बैठक बोलाउने निर्णय गरेको ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
उनले भने, ‘अदालतको फैसलालाई कार्यान्वयन गर्ने त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढ्छौँ। संसदको अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ। अदालतले दिएको समयसीमा भित्रै हुन्छ ।’
प्रतिकृया दिनुहोस