मन्त्रिपरिषद्ले गरेन विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा

Hjkhkjk

काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथिको प्रतिबन्ध मंगलबार फुकुवा गर्ने अनुमान गरेपनि त्यसो गरेन।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने अनुमान व्यापकरुपमा गरिएको थियो। वार्ताको वातावरण बनाउनका लागि सरकारले विप्लव नेकपामाथिको प्रतिबन्ध फुकुवाको तयारी गरेको अनुमानहरु भएका थिए।

राष्ट्रिय सुरक्षा तथा स्थायित्वमा असर परेको भन्दै मन्त्रीपरिषदले विप्लव नेतृत्वको नेकपामाथि २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । उसमाथि हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप सरकारको थियो ।

गत शनिबार नेकपा महासचिव विप्लवले विज्ञप्ति जारी गरेर सरकारले वातावरण बनाएमा वार्ताका लागि तयार रहेको बताएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...