अहिलेको राजनितिक सङ्कट समाधानको माध्यम निर्वाचन नै रहेको अध्यक्ष थापाको दाबी

निर्वाचनलाई अवसरको रुपमा लिन आग्रह

Kamal thapa

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न राजनीतिक दलसँग आग्रह गरे ।

उनले भने, “ निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ ।”

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो । उनले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने पनि बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...