नेपाली कांग्रेसको १४ औं महाधिवेसन भदौं पहिलो साता मात्रै हुने

Nepali congress meeting

काठमाडौं । नेपाली कांग्रेसको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै समितिको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले केन्द्रीय समितिसहितका सबै समितिको म्याद आगामी भदौसम्म थप गर्ने निर्णय गरेको हो ।

बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै प्रवक्ता शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।

गाउँ÷नगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ ।

१३ औं महाधिवेशनबाट निर्वाचित समितिहरुको म्याद गत वर्ष नै सकिएको थियो । विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत यही फागुन २६ गते सकिँदै छ । कांग्रेसले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा अनुसार बैठकले केन्द्रीय समितिसँगै ७७ वटै जिल्ला कार्यसमिति, १६५ वटै संघीय निर्वाचन क्षेत्रीय समिति, ३३० प्रदेश समिति र ७५३ वटा गाउँनगर समिति तथा वडासमितिहरुको कार्यकाल ६ महिनाका लागि थप गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,‘असाधारण स्थितिमा एक वर्ष थप गर्न पाउने व्यवस्था बमोजिम पाँच वर्षको रहेकोमा, नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम विशेष परिस्थितिका कारण पाँच वर्षभित्र निर्वाचन हुन नसकेमा ६ (छ) महिना थप गर्न सकिने भएकोले, सो बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको अवधि ६ (छ) महिनाका लागि थप गर्ने व्यवस्थाका लागि पार्टी विधानको धारा ४३ मा व्यवस्था गर्ने ।  उक्त निर्णय पार्टीको आगामी चौधौं महाधिवेशनमा राखिनेछ ।’

संवैधानिक व्यवस्था अनुसार अब कांग्रेसले महाधिवेशन ६ महिनाभित्र भइसक्नु पर्नेछ । सोही व्यवस्थाअनुसार भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री पूर्णबहादुर खड्काले वैठकमा पेश गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...