वर्षमान पुन भन्छन्, केपी ओलीले जनतामाथि बेइमानी गरे

Barsha man pun

धनकुटा । नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले देशलाई धोका दिएको बताएका छन् ।

नेकपा धनकुटाले शनिबार धनकुटामा आयोजना गरेको विरोध सभामा बोल्दै नेता पुनले प्रधानमन्त्री ओलीले आफुखुसी तरिकाले प्रतिनिधिसभा भंग गरेर जनतालाई धोका दिएको बताए ।

उनले जनताले विस्वास गरेको सरकारले नै प्रतिनिधि सभा विगठन गरेर बेइमानी गरेको आरोप लगाए । ‘यो इमान्दारीता होइन । पार्टीले काम गर्दा गर्दै बेइमानी भएको छ’ उनले भने, ‘व्यक्तिवादी तरिकाले काम गर्ने, व्यक्तिवादी तरिकाले काम गर्ने काम भयो, यो सामान्य प्रतिगमन हो । महाप्रतिगमन हो ।’

उनले असंवैधानिक तरिकाले निर्वाचनको घोषणा गरेको भए पनि आफुलाई महान देखाउन प्रधानमन्त्री भुमी आयोग गठन गरेर कार्यकर्ता भर्ती गरेको आरोप पनि लगाए ।

उनले केपी ओलीको असंवैधानिक कदमलाई जनताको आन्दोलनको बलबाट मात्रै फ्याँक्न सकिने बताए । ‘कुनै तरिकाले संविधान पुनस्थापना हुँदैन, जनताको लडाइँबाट मात्रे संविधान प्राप्त हुन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...