आज हुने बुटवलको आमसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Kp oli pm office3

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल जनसभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दैछन् ।

आजको जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् । लाखौं जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । नेकपा ओली समुहले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा जनसभा गरिसकेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...