कसैले नदिएको ताज पहिरिएर ओली आफै राजा भएर हिँडेको नेता नेपालको आरोप

Madhav nepal

काठमाडौँ । सत्तारुढ नेकपाको असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले नदिएको ताज पहिरिएर आफै राजा भएर हिँडेको आरोप लगाएका छन् । उनले ओलीले मदन भण्डारीको स्थानमा पशुपतिनाथको नाम जप्न थालेको बताएका छन्।

‘केपी जी, तपाई त मदन भण्डारीको नाम जप्नु हुन्थ्यो। आजकल पशुपतिनाथको नाम जप्न थाल्नुभएको छ। तर एउटा कुरा याद गर्नुस् । पशुपतिनाथले पनि पाप गर्नेलाई भलो गर्दैनन्। चेतना भया’, आफ्नो समूहको शक्ति प्रदर्शन सभामा बोल्दै नेपालले भने। बत्ति बालेर ओलीले गरेको पाप नपखालिने नेपालले टिपप्णी गरे।

निर्वाचन आयोगमा गएर प्रधानमन्त्री ओलीले आफू प्रथम अध्यक्ष भएको भन्दै धम्काएको नेता नेपालले बताए। उनले ओली आफ्नो गुटको र बालकोटको मात्रै अध्यक्ष भएको बताए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...