ओलीलाई प्रचण्डको चेतावनी : निर्णय नसच्याए आँधी हुरी आउँछ, कसैले थेग्न सक्दैनन्

Prachanda 3

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नसच्याए कसैले थेग्न नसक्ने गरी आँधीहुरी ल्याउने चेतावनी दिएका छन्।

सत्तारुढ नेकपाको असन्तुष्ट समूहको शक्ति प्रदर्शन सभालाई सम्बोधन गर्दे प्रचण्डले  सर्वोच्च अदालतलाई चुनौती दिएर भने, ‘अदालत यत्रो जनताको आवाज नसुन्ने अनि केपी ओलीसँग डराउला भन्ने मलाई लाग्दैन। तर यदी डरायो भने आँधी आउँछ। हुरी आउँछ। कसैले थाम्न सक्दैन।’

प्रचण्डले अदालतले लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा फैसला गर्नेमा विश्वस्त रहेको बताउँदै फेरी चुनौती दिए,’नत्र शान्तिपूर्ण क्रान्ति हुन्छ। एउटा सानो समूहले विद्रोह गर्दा हिजो के भयो ?  अहिले सारा जनता हाम्रो पक्षमा हुन्छ। अब नत्र भने ग्रीन रिभ्युलुसन हुन्छ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...