विरोध सभामा कड्किएका श्रेष्ठले भने, ‘केपी ओली फाँसीवादी हुन्’

Narayan

काठमाडौँ । प्रचण्ड–नेपाल समूहका नेता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओली फाँसीवादीतर्फ उन्मुख भएको बताएका छन् । बुधबार भृकुटीमण्डपमा आयोजित विरोध सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली फाँसीवादी भएको बताएका हुन् ।

‘अहिले फासीवाद लागू गर्ने दुई नयाँ तरिका छन्, ‘ उनले भने, ‘एक, लोकतान्त्रिक प्रणाली सिध्याएर र संविधान च्यातेर । अर्को, विकासको नारा दिएर संविधानको कालो मसिलाई पोतेर फासीवादको अभ्यास ।’ अहिले ओली त्यहिँ विकासको नारा दिएर फाँसीवादतर्फ उन्मुख भएको उनको आरोप छ ।

प्रधानमन्त्री ओली संविधान च्याँतेर फाँसीवादतर्फ उन्मुख भए पनि फासीवादको अन्त्य गर्ने पनि उनले बताएका छन् । त्यस्तै, चुनावमा भाग लिएर सम्पन्न गर्नुभन्दा ठूलो लोकतन्त्र के हुन सक्छ रु भनेर लोकतन्त्रवादी भनेर ओलीले स्याल हुँइया गरेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...