ओलीले जनमुक्ति सेनालाई भेडाबाख्रा जसरी खरिद बिक्री गरेर सिध्याउन लागे : प्रचण्ड

Prachanda

काठमाडौँ । नेकपा पुष्पकमल प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले हिजो आफ्नो टाउकाको मोल तोक्नेलाई टाउको काट्न नपाएर अहिले पश्चाताप भएको बताएका छन् । 

बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले  यस्तो बताएका हुन् । 

उनले भने, ‘झोलामा टाउको हालेर ल्याएपछि ५० लाख दिन्छौं भन्नेहरूले अहिले पनि पैसा दिन्छौं भन्दै हिड्या छन् ।’

अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेना खरिद गर्न खोजेको आरोप लगाए । जनक्रान्ति र संघीय लोकतान्त्रिक गणतन्त्र सिध्याउन जनमुक्ति सेनालाई खरिद गर्न खोजिएको उनको आरोप छ ।

‘कुन स्तरको कमाण्डर हो त्यहि अनुसारले खरिद गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सय जना लिएर गए १०–२० लाख, २ सय जना लिए गए ३०–४० लाख, ४ हजार नै उठाएर लिएर जाँदा १–२ करोड दिन खोजिरहेका छन् ।’

प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई भेडाबाख्रा जसरी खरिद बिक्री गरेर सिध्याउन लागेको अध्यक्ष दाहालको आरोप छ । ‘भेडाबाख्रा जसरी खरिद गरेर सिध्याउने मनसाय हो,’ उनले भने, ‘खरिद गरेर मोटो बनाउने अनि काटेर मासु खाने गरी लैजान लागेका हुन् ।’
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...