संसद् विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने

Congress party office c4kca6jc5r

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभर प्रदर्शन गर्ने भएको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटै भातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन गर्ने भएको हो ।

यस्तै भ्रष्टाचार, कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको कमजोर प्रयासको विरोधमा पनि प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबारको प्रदर्शन ‘रातो प्रतिगमन’ विरूद्ध हुने बताएका छन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...