भरतपुरमा भएको जनसभाले धेरैलाई हर्ट अट्याक हुन्छ : मुख्यमन्त्री पौडेल

Dormany

काठमाडौँ । प्रधानमन्त्री उपस्थित सिटी हल शिलान्यास कार्यक्रम बहिस्कार गरेकोमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको कार्यप्रति अपत्ति जनाएका छन् ।

भरतपुरमा आयोजित ओली पक्षीय नेकपाको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सूर्य चिह्नको मतपत्र चपाएर मेयर हुनेले अरुकै जुठोपुरो खाएर प्रधानमन्त्रीलाई बहिस्कार गरेको टिप्पणी गरे ।

पौडेलले प्रश्न गर्दै भने– मतपत्र च्यातेर, चपाएर विजयी हुनेहरु प्रधानमन्त्री उपस्थित हुने कार्यक्रम बहिस्कारको विज्ञप्ति निकालेर भागेका छन् । कसको जुठोपुरो खायौ ? प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गर्ने हैसियत के हो ? कसको इसारामा भयो ?

मुख्यमन्त्री पौडेलले भरतपुरको लाखौंका जनसभाले प्रचण्ड माधव पक्षका धेरैलाई हर्ट अट्याक हुनसक्ने बताए ।

   

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...