लेखराज भट्टप्रति दाहालको कटाक्ष, ‘उनी दलालको पनि दलाल भए’

Prachanda makalukhabar

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशका नेता लेखराज भट्टलाई दलालको पनि दलाल भएको आरोप लगाए ।

‘मैले नै हुर्काएर मन्त्री बनाएको एउटा मान्छे कता हो कता सोच्नै नसक्ने गरी गए,’ शनिबार कैलालीको धनगढीमा प्रतिनिधिसभा विघटनविरुद्धमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले भने, ‘अब उनी केपीको वरिपरि घुम्ने भए, केपी ओली आफैँ दलाल हुन्, उनी दलालको पनि दलाल भए ।’

नेकपा विभाजन हुँदा पूर्वमाओवादीका अधिंकाश नेताहरू ओली पक्षमा गएका थिए । प्रधानमन्त्री ओलीले दाहाल पक्षबाट जाने अधिकांशलाई मन्त्री बनाएका थिए । अध्यक्ष दाहालको सिफारिसमा सुदूरपश्चिमका नेता लेखराज भट्टलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका थिए । मन्त्री भएपछि भट्टले दाहालको साथै छोड्दै ओलीको साथ दिएका थिए ।

उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै त्यसलाई अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । अदालतमा मुद्दा नपरेको भए आफूहरूले पहिले नै प्रनिनिधिसभा चलाइसक्ने उनले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...