गल्तीहरु स्वीकार गर्दै सच्चिएर पार्टीमा फर्कन प्रचण्ड माधव समूहलाई गृहमन्त्री थापाको आग्रह

Rambahadur badal

काठमाडौँ । सत्तारुढ नेकपाको ओली समूहका नेता तथा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले  प्रधानमन्त्री केपी शर्मा ओलीको कदम जनतामुखी भएको बताए ।

चितवनमा जनसभालाई सम्बोधन गर्दै उनले अहिलेको संसद विघटन देशमा राजनीतिक स्थिरता र स्थायित्वको लागि भन्दै  जनताका लागि गरेको निर्णय भएकाले अबको चुनाव आफूहरुले जित्ने उनले बताए ।

गृहमन्त्री थापाले आफ्ना गल्तीहरु स्वीकार गर्दै सच्चिएर पार्टीमा फर्कन प्रचण्ड माधव समूहलाई आह्वान पनि गरेका छन् । पार्टीमा गरेका गल्तीहरुलाई आत्मालोचना गर्दै पार्टीमा आएर चुनावमा जान भनेका छन् ।

बादलले पार्टीभित्रैबाट आफ्नो पार्टीको सरकार ढालेर राजनीतिक अस्थिरता ल्याउन खोजिएको अवस्थामा प्रधानमन्त्री ओलीले अग्रगामी र राष्ट्रहितको कदम चालेर संसद विघटन गरेको दावी गरे ।

   

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...