माघ २८ गते ओलीविरुद्ध अहिलेसम्मकै बृहत प्रर्दशन गर्ने प्रचण्ड - नेपाल पक्षको निर्णय

Prachand nepal

काठमाडौँ । राजनीतिक रुपमा विभाजित नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले अहिलेसम्मकै ठूलो प्रर्दशन गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन्।

बैठकलाई सम्बोधन गर्दै नेपाल दाहालले संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन विकल्प नरहेको उल्लेख गरे।

उनीहरुले बढीभन्दा बढी जनता सडकमा ल्याउन पार्टीका तल्ला तहलाई निर्देशन दिइको रिजालले जानकारी दिए। यसअघि माघ ९ गते नेपाल दाहाल पक्षले काठमडौँमा सरकारको गैर संवैधानिक कमदका विरुद्ध प्रर्दशन गरेको थियो।

उक्त कमदविरुद्ध नेपाली कांग्रेसले पनि चरणबद्ध आन्दोलन गर्दै आएको छ। संघीय निर्वाचन क्षेत्र, जिल्ला, स्थानीय तह र वडा तहसम्म कांग्रेसले विरोधका कार्यक्रम गर्दै आएको छ। सरकारको कमदविरुद्ध दुवै पक्ष एक जुट भए पनि संयुक्त आन्दोलन भने गर्न सकेका छैनन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...