ओली र प्रचण्डलाई दोश थुपार्दै बामदेवले भने, दुवैजना सेनाबिनाका कमान्डर

‘प्रचण्डजी जहिल्यै एकताको पक्षमा हो तर, केपी ओली एकताको पक्षमा कहिल्यै थिएनन्’

Bamdev gautam 14

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुँदा तथस्ट बसेका उपाध्यक्ष बामदेव गौतमले बुधबार ‘एकता राष्ट्रिय अभियान’ घोषणा गरे । एकता राष्ट्रिय अभियान’ घोषणा गर्दा गौतमले आफु पार्टी विभाजनमा निक्कै चोखो रहेको दावी गरे ।

उनले पटकपटक पार्टी विभाजनमा केपी शर्मा ओली र पुष्पकमल दाहाल जिम्मेवार रहको दावी मात्रै गरेनन्, संसद पुनर्स्थापना भए भए ओली र प्रचण्ड एकै ठाउँमा आउने ठोकुवा गरे । उनले बारम्बार दुबैलाई दोश थुपारे पनि पार्टी एकतामा भने जोड दिए ।

प्रचण्ड र केपी ओलीतिर भएका कार्यकर्ता एकता अभियानतिर ल्याएपछि पार्टी एकता भएरै छाड्ने उनले जिकिर गरे । ‘पार्टी एकता हुँदै भएन भने के गर्ने ? भन्ने पनि साथीहरुको जिज्ञासा छ’ उनले भने ‘हुँदै भएन भने त्यतिबेला हाम्रो केन्द्रीय कमिटी बसेर निर्णय गरौंला ।’

पार्टीमा ठूला नेता विभाजित भए पनि दोस्रो र तेस्रो पुस्ताका नेताहरु अत्यन्त चिन्तित रहेको उनले बताए । उनले पार्टी एकताको पक्षमा नआए केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैजना सेनाबिनाका कमान्डर जस्तै हुने बताए ।

गौतमले पार्टी विभाजनपछि दुईतिर फर्किएका अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाललाई एकैतिर फर्काइदिने बताए । ‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।

उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान ? केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो ?’

संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

आफूहरुले नयाँ पार्टी बनाउन नलागेको तर आफ्नो अभियानमा धेरैले साथ दिने उनले जिकिर गरे । ‘६ महिनामा काठमाडौंमा बस्न नसक्ने गरी जनता जुटाउन सक्छु, त्यो शक्ति निर्माण हुँदैछ’ गौतमले भने ।

‘अहिले उहाँहरु दुईतिर फर्कनु भएको छ, दुईतिर फर्किएकालाई मैले एकैतिर फर्काइदिन्छु । केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्थेन । प्रचण्डजी म नहुँदा हो नभए जहिल्यै एकताको पक्षमा हो । म एकातिर जान्छु र केपीलाई प्रचण्डतिर फर्काइदिन्छु र प्रचण्डलाई केपीतिर फर्काइदिन्छु, त्यो तागत मसँग छ,’ गौतमले भने ।

‘अध्यक्ष प्रचण्ड समूहलाई पार्टी एकताको पक्षमा संसद पुनःस्थापना भयो भने ल्याउन सकिन्छ । तर, केपी ओली एकताको पक्षमा कहिल्यै थिएनन्’, उनले भने, ‘सर्वोच्चले जस्तो निर्णय गरे पनि हामी एकताको अभियान मै हुन्छौँ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...