बुधबार नेकपा एकता अभियान घोषणा गर्दै उपाध्यक्ष गौतम

Bamadev

काठमाडौँ । पार्टीभित्र आन्तरिक किचलो र फुट देखिएपछि सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले बुधबार पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ।

‘पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा छ । त्यही माग र चाहनालाई सम्बोधन गर्न हामीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छौं’, गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत् एकतावद्ध गर्ने उद्देश्य राखिएको छ।’

बामदेव ‘अध्यक्ष पद दिने समूहमा जाने’ भनी आएका समाचारको पनि गौतमको सचिवालयले खण्डन गरेको छ। विज्ञप्तिमा राष्ट्रिय समाचार समितिले गलत समाचार लेखेर विभिन्न सञ्चार माध्यमलाई उपलब्ध गराइएको उल्लेख गरिएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयपछि सत्तारुढ नेकपा दुईवटा चिरामा परेको छ। बामदेवले भने आफ्नो पक्षधरता देखाएका छैनन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...