प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिने नेता खनालको चेतावनी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) का वरिष्ठ नेता झलनाथ खनालले प्रतिगमन नसच्चिएसम्म टाउकोमा कफन बाँधेर सडकमा उत्रिने खनालको चेतावनी दिएका छन् ।
नेकपा दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौँमा गरेको शक्ति प्रदर्शनमा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म आन्दोलन नरोकिने बताएका छन् ।
उनले भने, ‘०६२र०६३ को उपलब्धी र संविधानको रक्षा गर्न आम जनता सडकमा उत्रिएका छन्। जबसम्म प्रतिगमन सच्चिँदैन, जबसम्म ओलीले घुँडा टेक्दैनन्, टाउकोमा कफन बाँधेर सडकमा उत्रिएका छौँ ।’
प्रतिकृया दिनुहोस