प्रचण्ड नेपाल समूहले मुख्य सडकको बीचैमा बनायो मञ्च सवारी अवागमन अस्त व्यस्त हुँदा सर्वसाधारण मर्कामा

1611301688 1eq0h

काठमाडौँ । नेकपाको प्रचण्ड नेपाल समूहल‍े शुक्रबार गरिरहेको विरोध प्रदर्शनका लागि भाषण गर्न मुख्य सडकको बीच भागमा मञ्‍च तयार गरेको छ ।

यसले टुडिखेलको वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका छन् । रत्नपार्कबाट  भद्रगाली आउने सडकको प्रदर्शन मार्ग प्रवेश गर्ने र भन्द्रगाली जाने विन्दुमा मञ्‍च तयार गरिएको छ ।

यो सडक खण्ड रत्नपार्कबाट ललितपुर र भक्तपुर जाने सवारीका लागि प्रयोग हुन्छ। माइतिघर, बानेश्वरका लागि छुटिने सवारी पनि यही बाटो भएर जाने गर्छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला उपत्यकाका सबैजसो मुख्य सडकमा सवारी आगमन प्रभावित भएको छ । यसले गर्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्ससहितका आपतकालिन् सेवाहरु प्रभावित बनेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...