यस्तो छ ओलीको सर्कुलरलाई चुनौती दिँदै प्रचण्ड नेपाल समुहले जारी गरेको ६ पृष्ठ लामो अपिल

Nekapa prachanda gut

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमा विभाजन भएको छैन । तथापि पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समुह र प्रधानमन्त्री केपी शर्मा ओलीको समुहबीच कार्यकर्ता तानातान भइरहेको छ । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउँदै आन्तरिक सर्कुलर जारी गरेका छन् ।

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आम जनसमुदाय एवं कार्यकर्ता पंक्तिलाई सम्बोधन गर्दै ६ पृष्ठ लामो अपील जारी गरेका छन् ।

अनौैपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका थिए ।

ओलीले आन्तरिक सर्कुलर जारी गरेसँगै प्रचण्ड नेपाल समुहले केपी ओलीको कदमको निन्दा गर्दै भ्रमहरु चिर्नका लागि अपील जारी गरिएको बताएका छन् । अपीलमा भनिएको छ, ‘यतिबेला आफ्ना अरु सबै कुरालाई थाती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन हामी सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थक साथीहरुलाई हार्दिक आह्वान गर्दछौं ।’

माधव नेपाल र प्रचण्डको संयुक्त हस्ताक्षरमा सोमबार जारी अपीलमा भनिएको छ, ‘यतिबेला नागरिक समाज र आम जनताबाट हाम्रो पनि केही आलोचना भइरहेको छ ।‘।हामी राजनीतिक दलका नेताहरुले पनि विगतका हाम्रा गल्तीहरुलाई केलाउनुपर्ने र आत्मआलोचित भएर जनभावनाअनुरुप अगाडि बढ्नुपर्ने आवश्यकता छ । यो आवश्यकताप्रति हाम्रो गम्भीर ध्यान गएको छ ।’

अपीलमा भनिएको छ, ‘हामीबाट विगतमा भएका कतिपय गल्ती कमजोरीहरुप्रति सजग हुँदै भविष्यमा फेरि त्यस्ता कमी–कमजोरी नदोहोरिउन् भन्ने कुरामा हामी सचेत छौं ।’

हेर्नुहोस् अपील

लोकतन्त्रमा नागरिकहरुले दल र दलका नेताहरुको आलोचना गर्नु स्वभाविक मात्र हैन, आवश्यक पनि हुन्छ भन्ने स्वीकारोक्ति अपीलमा गरिएको छ । ‘तर, यस्तो आलोचना तथ्यमा आधारित, वस्तुनिष्ठ र सन्तुलित हुनुपर्छ’ नेताद्वयले भनेका छन्,‘यस्तो आलोचनाको स्वागत गर्नुपर्दछ ।’

तर, अहिले केपी ओलीको प्रतिगामी कदममा सम्पूर्ण ध्यान लगाउनुपर्ने भएकाले अरु सबै कुराहरुलाई थाती राखेर प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन प्रचण्ड–माधवले आग्रह गरेका छन् ।

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...