आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर गौतमले एकताको भ्रम छर्न खोजे नेता नेपाल

Madhav kumar nepal 2

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको दाबी गरेका छन् ।

नेपालगञ्जमा आइतवार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको दाबी गरे । उनले प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिँढीको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गरे ।

ओली अहिलेसम्म कम्युनिस्ट पार्टी एकताको अभियानमा सहभागी नभएको दाबी गर्दै अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको आरोप लगाए । उनले विगतमा आफू र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने दाबी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...