भट्टराई भन्छन्, ‘प्रधानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ’

‘ओलीको स्कुलमा मर्यादा सिकाइँदैन, त्यसमा भर्ना नहुनुहोला’

Yogesh vattarai ramechap

रामेछाप । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई फुच्चे केटो भनेपछि नेकपा (प्रचण्ड-नेपाल) समूहका नेता योगेश भट्टराई निक्कै आक्रोसित बनेका छन् ।

यतिसम्मकी भट्टराईले आफू केपी ओलीभन्दा बढी मत ल्याएर जितेको सांसद भन्दै केटो भनेर नहेप्‍न ओलीलाई चेतावनीसमेत दिएका छन् । उनले भने, ‘प्रधाानमन्त्रीले मलाई केटो भन्नुभएछ, हो म केटै हो, मेरो लिङ्ग छुट्टिएको छ, केटोको पहिचानसहित उभिएर बोल्दैछु ।’

आइतबार रामेछापको मन्थलीमा आयोजित जनसभामा भट्टराईले भने, ‘म प्रधानमन्त्री केपी ओलीभन्दा बढी भोट ल्याएर जितेको सांसद हुँ, उहाँसँगै लामो समयदेखि एकै कमिटीमा रहेर काम गर्दै आएको छु । मलाई केटो भनेर जिस्क्याउने ?’

ओलीप्रति निक्कै आक्रोसित बनेका नेता भट्टराईले सभामा उपस्थित कार्यकर्तालाई प्रधानमन्त्री केपीको स्कुलमा भर्ना नहुन आग्रह गरे । उनले भने, ‘त्यो स्कुलमा मर्यादा सिकाइँदैन, सिष्टता र इमान्दारिता सिकिँदैन, त्यसमा भर्ना नहुनुहोला ।’ उनले ओलीले सधैं जाली काम गर्ने भएकाले कहिले देशले प्रगति गर्न नसक्ने आरोपसमेत लगाए ।

‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ’, उनले भने, ‘संसद विघटन गर्ने अधिकार नहुँदा नहुँदै पनि मुलुकलाई अस्थिरतातिर लान प्रधानमन्त्रीले असंवैधानिक कदम उठाए । काम गर्न नदिएको भन्ने ओलीको जिकिरलाई मिथ्या हो । नेकपाले ल्याएको नीति तथा कार्यक्रम कुनचाहिँ फेल भएको थियो ? र काम गर्न पाइनँ भनेर गुनासो गर्दै हिँड्नुहुन्छ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...