नेकपा माधव - प्रचण्ड समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

Prachanda nepal

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव - प्रचण्ड समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको हो।

एउटा समूहको नेतृत्व ओली स्वयमले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

शुक्रबार बिहान ११ बजेपछि स्थायी कमिटी बैठक सुरु भएको हो। संसद विघटनविरुद्धको संघर्ष र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले बताए।

बिहीबार दुवै समूहको स्थायी समिति बैठक बसेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली समूहको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र दाहाल–नेपाल खेमाको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको हो।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...