परराष्ट्रमन्त्री ज्ञवाली नयाँ दिल्ली प्रस्थान, दुई मुलुकबीचको सीमा विवादलगायत विषयमा छलफल गर्ने

Pradeep gywali 2 1536x1280

काठमाडौँ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा सामेल हुन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। तीनदिने भारत भ्रमणका लागि मन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन्।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्यलगायतका विषयमा छलफल हुनेछ।

भ्रमणका क्रममा मन्त्री ज्ञवालीले भारतका उच्च अधिकारीहरुसँग समेत छुट्टाछुट्टै छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसक्रममा मन्त्री ज्ञवालीले दुई मुलुकबीचको सीमा विवादलगायत विषय उठाउने बताएका छन्।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री ज्ञवालीले नेपालले जारी गरेको नयाँ नक्साका मामिलामा जानकारी गराउने र आफ्नो अडान स्पष्ट पार्ने जानकारी राष्ट्रियसभालाई दिएका थिए।

ज्ञवालीसँग परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत छन्। यो भ्रमणमा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोपका मामिलामा पनि छलफल हुने भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...