निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै प्रचण्ड नेपाल निर्वाचन आयोगमा

Madhav and prachanda feature

काठमाडौँ । निर्वाचन सम्बन्धी सम्पूर्ण  गतिविधि रोक्न माग गर्दै नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको समूह निर्वाचन आयोगमा पुगेको छ।

पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, लिलामणि पोखरेल लगायत केही स्थायी कमिटी ससस्यहरु पनि पुगेका छन् ।

संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको पोखरेलले बताए।

संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ। उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ’, पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं।’

प्रचण्ड नेपाल पक्षले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलिया लगायत पदाधिकारीलाई भेटेर पत्र बुझाउने भएका छन्। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...