यस्तो छ प्रधानमन्त्री ओलीले पठाएको १६ पृष्ठ लामो आन्तरिक सर्कुलर
काठमाडौं । अनौपचारिक रुपमा विभाजन भइसकेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा माधवकुमार नेपालको समुहले नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा पार्न अनेकौ उपाय निकालिरहेका छन् ।
यी दुबै समुहले आफुलाई मुल पार्टी भएको बताउँदै आएका छन् भने एकले अर्कालाई विरोध गर्दै आएका छन् । यी दुबै समुहले प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्ता आफ्नो पक्षमा तान्न अभियान नै तीव्र बनाइरहेका छन्, सभा सम्मेलनहरु पनि गरिरहेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् ।
निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।
यस्तो छ सर्कुलरको पूर्ण पाठः
प्रतिकृया दिनुहोस