‘प्रतिनिधिसभा विघटन चित्तबुझ्दो छैन’

Rastriya sava

काठमाडौँ । राष्ट्रियसभामा सदस्यले प्रतिनिधिसभा विघटन जनमतको कदर नभएको बताए ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद उदया शर्माले प्रतिनिधिसभा विघटन चित्तबुझ्दो नभएको बताउँदै सरकारलाई उक्त कदम फिर्ता लिन आग्रह गरेकी छन् ।

सांसद कोमल वलीले संयुक्त राज्य अमेरिकाको संसद् भवनमा भएको हमलाप्रति दुःख व्यक्त गर्दै यसले विश्वकै प्रजातन्त्रमाथिको खतरा उत्पन्न भएको धारणा व्यक्त गरिन् ।

सांसद जीवन बुढाले गत भदौमा कालीकोटमा बाढी र पहिरामा एक हजार १०० परिवार विस्थापन भएको र हालसम्म पनि पुनःस्थापना हुन नसक्दा जाडोमा खुला आकाशमुनि बस्न बाध्य हुनुपरेको प्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद तारादेवी भट्टले उखु किसानले आफ्नो उत्पादनको मूल्य पाउन पनि सधै आन्दोलन गर्नुपर्ने समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै यसप्रति सरकारलाई जवाफदेही हुन आग्रह गरे । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...