राजनीतिक परिवर्तनले व्यवसायमा असर गर्दैनः मन्त्री गुरुङ

Parbat gurung gygq3nact0

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै संकटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशंका गरे पनि त्यस्तो केही नहुने स्पष्ट पारे । उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्ने छ । उनले भने, ‘व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस् ।’

संघका पूर्व अध्यक्ष समेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्‍याउने उनको भनाइ छ ।

उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औंल्याए । सञ्चार मन्त्रालयका तर्फबाट मन्त्रालयको कार्यक्षेत्रमा पर्ने कुरामा सहयोग पुर्‍याउने उनको भनाइ छ । मन्त्रालयले डिजिटल नेपाल बनाउन लागेको इकमर्स र इबिजनेसमार्फत अघि बढ्नुहोस्,’ उनले भने ।

नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष रामबहादुर गुरुङले खेती गरेर जडीबुटीको उत्पादन बढाएर लैजान सकिने औंल्याए । व्यवसाय राम्रो हुँदा रोजगारीको सिर्जना हुने र वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था हट्ने उनले बताए । संघका अध्यक्ष गोविन्द घिमिरेले सरकारले अहिले ५० प्रतिशतभन्दा बढी निर्यात गर्ने उद्योगलाई १० प्रतिशत सहुलियत दिने गरेकामा त्यसलाई बढाएर २० प्रतिशत पुर्‍याउनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...