पहिलो टि–ट्वान्टीमा भारतको जित

2020 12 04 india win

एजेन्सी । अष्ट्रेलियाविद्धको टि–ट्वान्टीमा सिरिज अन्तर्गत पहिलो खेलमा भारतले जित निकालेको छ । शुक्रबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ११ रन अन्तरले पराजित गरेको हो । मनुका ओभलमा भारतले जितका लागि दिएको १६२ रनको लक्ष्य अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १५० रन बनायो ।

अष्ट्रेलियाका लागि कप्तान अरोन फिन्चले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै ड्रेकी सर्टले सर्वाधिक ३४ रन बनाउँदा मोइस हेनरीक्युसले ३० रन बनाए । बलिङतर्फ भारतका लागि युजभेन्द्र चहाल र टी नटराजनले समान तीन–तीन विकेट लिए । त्यस्तै दीपक चहारले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । भारतका लागि केएल राहुलले अर्धशतकीय पारी खेले ।

४० बल खेलेका उनले ५ चौका र १ छक्काको सहयोगमा ५१ रनको योगदान गरे । भारतका लागि रवीन्द्र जडेजाले ४४ रन बनाउँदा सन्जु श्यामसनले २३ तथा हार्दिक पाण्ड्याले १६ रनको योगदान गरे । बलिङतर्फ अष्ट्रेलियाका लागि मोइसेस हेनरिक्युसले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मिचेल स्ट्राकले दुई विकेट लिँदा आदम जाम्पा र सोप्सनले समान एक–एक विकेट लिए । जितसँगै भारतले टि–ट्वान्टी सिरिजमा १–० को अग्रता बनाएको छ । दुई टोलीबीच्को अर्को टि–ट्वान्टी आइतबार हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...