हैदराबाद आईपीएलको प्लेअफमा, कोलकाता बाहिरियो

Haidarabad1 1604451342

काठमाडौँ । लिग चरणको अन्तिम खेलमा मुम्बई इन्डियन्सलाई १० विकेटले हराउँदै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग आईपीएल को प्लेअफमा पुगेको छ । पाचौँ स्थानमा रहेको हैदराबादले पहिलो स्थानको मुम्बईविरुद्ध जित हासिल गरेसँगै तेस्रो स्थान ओगट्दै प्लेअफमा पुगेको हो ।

यसअघि चौँथो स्थानमा रहेको कोलकाता भने पाचौँ स्थानमा धकेलिएर प्रतियोगिताबाटै बाहिरिएको छ। तेस्रो स्थानको बैङ्लोर चौँथोमा झरेको छ।

हिजो साँझ टस हारेर ब्याटिङ गरेको मुम्बईले आठ विकेट क्षतिमा १४९ रन बनायो। उसका लागि किरोन पोलार्डले सर्वाधिक ४१ रन बनाए। हैदराबादका सन्दीप शर्माले तीन तथा ज्यासन होल्डर र शाहबाज नदीमले दुई दुई विकेट लिए ।

१५० रनको लक्ष्य हैदराबादले कुनै विकेट नगुमाइ पूरा गरेको छ। उसका लागि ओपनरद्वय डेभिड वार्नरले ८५ र ऋद्धिमान साहाले ५८ रन बनाए । अब एलिमिनेटरमा बैङ्लोर र हैदराबाद प्रतिश्पर्धा गर्नेछन् । पहिलो क्वालिफायरमा भने मुम्बई र दिल्ली क्यापिटल्सले प्रतिश्पर्धा गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...