विराटनगरको नोबेल मेडिकल कलेजले १५५० मै पिसिआर परीक्षण गर्ने

1597405577nobel hospital

विराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आज सोमबार बाट कोरोनाको पिसिआर परीक्षण सुरु गरेको छ । प्रदेशका ल्याबहरुमा स्वाबको चाप बढेर परीक्षणको रिपोर्ट आउँन ढिलाई भईरहेको समयमा नोबेलले सर्वसुलभ मूल्यमा पीसीआर परीक्षण सुरु गरेको हो ।

सरकारले आइताबर परीक्षण अनुमति दिएपछि नोबलले सोमबारबाट सेवा सुरु गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षणको अनुमति आएसँगै परीक्षण थालिएको नोबेलका सञ्चालक सुनिल शर्माले जानकारी दिए ।

सेवा सुरु गरेसँगै नोबेलले पिसिआर परीक्षण शुल्क १ हजार ५ सय ५० रुपैयाँ तोकेको छ । नोबेलले तोकेको यो शुल्क नेपालका अरु ल्याबभन्दा सस्तो हो । कोरोना परीक्षणका लागि नोबेलले दुई वटा अत्याधुनिक अमेरीकन पीसीआर मेसिन ल्याएको जनाएको छ ।

दुई वटा पिसिआर मेसिन भएकाले एक दिनमा दुई हजार स्वाब परीक्षण गर्न सकिने नोबेलका वरिष्ठ ल्याब अधिकृत गणेश कुमार सिंहले बताए । उनका अनुसार ४ देखि ६ घण्टा भित्रै रिपोर्ट दिईनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...