‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्रीले उचाले राष्ट्रिय झण्डा (फोटो फिचर)

Sharma oli atend national day concert

काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ ।

संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । यही संविधान दिवसको अवसर पारेर सरकारले दरबारमार्गमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन् ।

हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेको थियो । प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्‍य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए ।

सुुमधुर साँझमा कलाकारको प्रस्तुतिका प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ । अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ । दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु । इन्जेय गर्नुस् । धेरै धेरै धन्यवाद ।’

उक्त कन्सर्ट बिहीबार दिउँसो ४ बजेदेखि सुरु भएको हो । ‘नेसनल डे कन्सर्ट’ नाम दिइएको कार्यक्रममा ख्यातीप्राप्त गायक गायिकाले सांगीतिक प्रस्तुती दिए । कन्सर्टमा एलिमेन्ट्स र कुटुम्ब ब्याण्डले आफ्ना हिट गीत गाएर दर्शकलाई मनोरञ्जन दिए । सुगम पोखरेल, दीपक लिम्बु, सुवानी मोक्तान, कुन्ती मोक्तान, आनन्द कार्की लगायतले आफ्ना गीतमा दर्शक नचाए । सबैले राष्ट्रिय भावनाले ओतप्रोत गीत गाएर संविधान दिवस मनाउन आग्रह गरे ।

आफ्ना लोकप्रिय ब्याण्ड र कलाकारलाई सुन्न दरबारमार्ग राती अबेरसम्म उर्लिएको थियो । प्रधानमन्त्री ओली स्टेजमा उक्लिएर कन्सर्टका सहभागिलाई संक्षिप्त सम्बोधन गर्दै संविधान दिवसको शुभकामना दिए ।   

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...