‘पार्टीका भातृ संस्थाहरुले स्वार्थपुर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न सकेन’

Ramesh bisth final

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा सम्पन्न भएको ६ महिनासम्म पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुन नसकेको विधितै छ । सदस्यता सुद्धिकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेको पृष्ठभुमिमा मैले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ ।

महासंघको विधानको पालना हुन नसक्दा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको अधिकार र लोकतन्त्रको पहरेदार रुपमा झण्डै ७० वर्षदेखी खडा मुलुकुको अग्रणी संस्थाको यो अवस्था सृजना भएको हो भन्ने कुरा प्रष्ट छ । पछिल्लो परिघटनामा विभिन्न राजनीतिक पार्टीका भातृ संस्थाहरुले महासंघलाई आफ्नो राजनीतिक र व्यक्तिगत स्वार्थपुर्ति गर्ने मैदान बनाउँदा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको सबैका सामु छर्लङ्ग छ । राजनीतिक दल आवद्ध पत्रकारका संगठनले महासंघको विधि विधान र संरचनालाई समेत लत्याएर पत्रकारितासंग साइनो नभएका करिब साढे ४ सय व्यक्ति सदस्यका रुपमा थप्न बाध्य पार्नु नाङ्गो हस्तक्षपको नमुना हो ।

विधान अनुसार महासघको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरुले प्रश्न उठाएपछि संगठनहरुले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यहि असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशिल पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नु पर्ने तर पत्रकारीता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुऱ्याउँने गलत अभ्यास हुर्किदै जानु लज्जाको विषय हो । संगठनहरुको दवावमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासंघको गम्भिर भुल भएको स्वीकार गर्नु पर्दछ ।

पत्रकार महासंघलाई विगतदेखी निरन्तर प्रहार गरेर कमजोर बनाई आफ्नो स्वार्थ पुरा गर्न पल्केका तत्वहरुले पनि महासंघको निर्वाचनलाई अनिश्चित बनाउँन निरन्तर खेलिरहेको सबैले बुझेकै तथ्य हो । सहजै निर्वाचन हुने परिस्थितीमा पनि निर्वाचन भाड्न दिएको दवाव र पठाइएका म्यासेज त्यसैका उदाहरण हुन ।

पछिल्लो पटक विकसित भएको मुलुकको राजनीतिक सत्तासमिकरणको शिकार समेत पत्रकार महासंघ बन्न पुग्यो । दलगत रुपमा अघि सारिएका प्रस्तावित उम्मेदवारको जित - हारलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाउनुले थप जटिलता उत्पन्न गराएको छ। सानाठुला जस्ता विषयमा पनि महासंघको केन्द्रीय कार्यालयदेखी प्रदेश र जिल्ला शाखाहरुमा तालाबन्दी गर्ने प्रवृति फेशनकै रुपमा अघि बढ्यो । अब इतिहासकै कठिन मोडमा पुगेको पत्रकार महासंघको गिरेको साख फिर्ता ल्याउन लामो समय र परिश्रम लाग्ने निश्चत छ । महासंघलाई बचाउन सबै इमान्दार सदस्यहरुले पहल गर्नुपर्ने बेला आएको छ ।

अनेक कमजोरीकाविच यो कार्यकालमा महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, नागरिक अधिकारको पक्षमा वकालत, श्रम अधिकारको आन्दोलनको सुरुवात र कोभिड जस्तो महामारीमा सम्पादन गरेको मानविय कार्यलाई भुल्न नहुने निवेदन गर्दछु । व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासंघबाट भएका सबै कमजोरीहरुको नैतिक जिम्मेवारी लिदैं कार्यबाहक अध्यक्षबाट राजीनामा दिएको छु ।

हालसम्म मलाई साथ दिने केन्द्रीय समितिका साथीहरु, महासंघका शाखा, केन्द्रीय परिषद् सदस्य, सदस्यहरु एंव कर्मचारी साथीहरुसहित सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...