मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थासमेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन

Bipul pokhel 23

नेपाल पत्रकार महासंघको विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अवस्थामा विभिन्न कारणले निर्वाचन हुन नसकेको अवस्था रहेको छ ।

दुई पटक तोकिएको समयमा निर्वाचन हुन नसकेर तेस्रो पटक मिति तोकिएको छ । यो मितिमा निर्वाचन गराउनका लागि आफूले पहलकदमी लिइरहेको भएता पनि मिति तोकिएको झण्डै एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नु, सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक चल्दै गर्दा बीचबाट केही साथी बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन ।

बाह्य सरोकारवाला पक्षहरुले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघि बढ्नुपर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा झनै मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन ।

यी सबै अवस्था आउनुमा मेरो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मावारीसमेत बहन गर्दछु । मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रुपमा काम गर्न सक्ने अवस्थामा छैन ।

तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यबाहक अध्यक्षका रुपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागु हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु । यो बीचमा यहाँ र सिंगो कार्यसमिति, सल्लाहकार तथा महासंघका सम्पूर्ण संरचना र सदस्यहरुले गरेको सहयोगका लागि जीवनभर आभारी रहने छु ।

साथै महासंघको हरेक गतिविधिलाई आवश्यकताअनुसार मेरो साथ, समर्थन र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु ।

(अध्यक्ष पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई दिएको राजीनामा पत्र)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...