अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः निर्विरोध निर्वाचित भएका छन् ।

अकोराबको १८औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा गोविन्द देवकोटा, दलित उपाध्यक्षमा गोपाल बराइली, मधेशी उपाध्यक्षमा नविन नरसिहंह नेपाली, महासचिवमा वन्दना दनुवार र सचिवमा भक्त स्याङ्तान निर्विरोध निर्वाचित भए ।

त्यसैगरी लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिको संयोजकमा टीकाजङ्ग थापा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक चिलुवालले जानकारी दिए । बाँकी पदमा आइतबार दिउँसो १ बजेपछि निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ ।

शुक्रबारदेखि शुरु भएको अधिवेसनमा प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, समाजवादी प्रेस संगठन नेपाल र प्रेस मञ्चले साझा उम्मेदवार बनाउने सहमति गरेका थिए । यद्यपि महिला उपाध्यक्ष, जनजाति उपाध्यक्ष र कोषाध्यक्षमा पनि उम्मेदवारी परेको छ ।

प्रदेश समितिहरुमा पनि विभिन्न पदमा पनि पदाधिकारी निर्विरोध चयन भएका छन् भने कतिपय प्रदेशहरुमा दोहोरो उम्मेदवारी परेको छ । ति सबै पदहरुमा आइतबार मतदान हुने छ । त्यसअघि उम्मेदवारहरुसँग छलफल गरेर सहमति कायम गराउन संगठनहरु लागेका छन् ।

 

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...