कारागारमा बन्दीको मृत्यु प्रकरण : ‘कारागारभित्रै रहेको एउटा व्यक्तिको एक्कासि कसरी मृत्यु हुन्छ ?’

Kailai karagar

धनगढी । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ ।

हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका -४ का २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउँसो साढे ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिएन । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको र अहिले नै के कति कारणले मृत्यु भएको हो भनेर भन्न नसकिने बताए पनि दीपकका आफन्तहरूले भने कारागार प्रशासनको लापरबाहीले उनको ज्यान गएको आरोप लगाएका छन् ।


कारागारको लापरबाहीका कारण ज्यान गुमाएको उनका अङ्कल नेत्र पहराईले बताए । दीपकले १२ बजेसम्म पनि कुरा हुँदा त्यस्तो कुनै समस्या बारे आफन्तलाई बताएका थिएनन् । तर, त्यसको केही घण्टा भित्रै उनको मृत्युले कारागार सुरक्षामा पनि गम्भीर प्रश्न उब्जिएको छ ।

‘आज दिउसो १२ बजेसम्म पनि कुरा भएको थियो । ३ बजेतिर बिरामी भएको भन्दै फोन आयो अस्पताल पुग्दा त मृत्यु भइसकेको थियो ’ उनले भने, ‘कारागारभित्रै रहेको एउटा व्यक्तिको एक्कासि कसरी मृत्यु हुन्छ यो रहस्यमय घटना छ ।’

केही समय पहिले बहिनी नाता पर्ने नाबालिगलाई दीपकले विवाह गरेर भारतको बेंग्लोर लगेका थिए । दीपककै आफन्तले उनीहरु दुबैलाई घर बोलाएपछि २०८० माघ ७ दीपक विरुद्ध किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा दिएका थिए । दाइ बहिनी नाता पर्नेबिच हाड जोर्नी करणीमा मुद्दा दायर भएपछि दीपक कारागार चलान भएका थिए ।

प्रहरीले ‘खोकी लागेको थियो, औषधी खाएपछि बमिट भएको हो’ भन्दै आफन्तलाई खबर गरेपछि धेरैले विष सेवन गरेको आशङ्का गरेका छन् । तर, प्रहरीले भने त्यस विषयमा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै भन्न सक्ने बताएको छ ।

‘गल्तीको सजाय भोग्न कारागार गएको थियो । कारागारभित्रै मृत्यु हुने विषय सामान्य होइन । यस विषयमा गम्भीर छानबिन हुनुपर्छ’ मृतकका अङ्कल पहराइले बताए ।

यसअघि पनि कैलाली कारागार भित्रै थुनुवाको मृत्यु भइरहेको घटना सार्वजनिक हुने गरेको थियो । तर, त्यसमा ठोस अनुसन्धान नहुँदा कारागार भित्रै किन थुनुवाको मृत्यु हुन्छ भन्ने बारे तथ्य बाहिरिएको छैन । दीपक विकको घटनामा उनका आफन्तहरूले सत्य तथ्य छानबिनको माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...