झापामा कोरोना सङ्क्रमणबाट थप एक पुरुषको मृत्यु

Mritu

झापा । झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो । मृतक सुनचाँदी व्यवसायी भएको बताइएको छ । उनमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा आज मृत्यु भएको हो । योसँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...