थप ७ सय ४२ संक्रमित निको, ५४,६४० उपचारपछि घर फर्किए

19 04 2020 coromukt 20205738

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ५४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १९ हजार ६ सय २४ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ३ सय १० रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या १० हजार ९ सय २९ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय ९५ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर १० हजार ८० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ९८ हजार ४ सय ७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...