शिक्षकलाई विद्यालयमा पुग्न सरकारको निर्देशन

1587747271

काठमाडौं । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताएका छन् ।

शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ ।

अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न उनले आह्वान गरे। सरकारले न्यूनतम शुल्क लिन सक्ने गरी निजी विद्यालयलाई बाटो खोलिदिएको स्पष्ट गर्दै मन्त्री पोखरेलले स्थानीय तहसँगको समन्वयमा शुल्कको विषय कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...