एसइइको सम्पूर्ण तयारी पूरा, धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने

धनकुटा । भोलीदेखि हुने माध्यमिक विद्यालय परिक्षा एसइइको सम्पूर्ण तयारी पूरा भएको छ । यो वर्ष धनकुटाबाट २५ सय ३६ जना विद्यार्थी एसइइ परिक्षामा सहभागी हुने भएका छन् ।
यो वर्ष धनकुटाका ११ वटा परिक्षा केन्द्रमा धनकुटाका ७९ वटा सामुदायीक र १४ वटा संस्थागत विद्यालयबाट नियमिततर्फ २१ सय २९, नियमित प्राविधिकतर्फ १०८, ग्रेडबृद्धितर्फ साधारणमा ११ र प्राविधिमा ५ जनाले एसइइ परिक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका इकाई प्रमुख मोहन राईले बताइन् ।
यो वर्ष ११ जना केन्द्रध्यक्ष र २० जना सहायक केन्द्राध्यक्ष खटिएका छन् भने १२७ जना निरीक्षक र प्रत्येक परिक्षा केन्द्रमा १४ जना सुरक्षाकर्मी परिचालन गरिने इकाई प्रमुख राईले बताइन् ।
भोली बिहान ८ बजेदेखि शुरु हुने एइइ परिक्षा अन्तर्गत साधारण धारको परिक्षा चैत १५ गते सकिनेछ भने प्राविधिक धारको परिक्षा चैत १७ गते सकिने छ । ग्रेड वृद्धिको परिक्षा भने चैत १९ गते मात्रै सकिने बताइएको छ ।
प्रतिकृया दिनुहोस