यहि हप्ता लाइसेन्स परीक्षाको विज्ञापन खोल्न यसरी हुदैछ अन्तिम तयारी,यस्ता छन् मापदण्ड

Teachers service comission

काठमाडौँ । शिक्षक सेवा आयोगले यहि हप्ता शिक्षण अनुमति पत्र (लाइसेन्स) को परीक्षाका लागि विज्ञापन खुलाउनेगरी अन्तिम तयारी सकेको छ । यहि बुधबार या त बिहिबार बिज्ञापन गर्ने छ । 

गत वैशाखकै पहिलो हप्तामा विज्ञापन गर्ने आयोगको तयारी थियो । तर, अनलाइनबाटै फारम भर्ने व्यवस्थाका लागि परीक्षण गरिरहेको आयोगले प्राविधिक कठिनाई देखा परेपछि अहिलेसम्म विज्ञापन गर्न सकेको थिएन ।

 अब भने प्राविधिक समस्या हटेकाले एक साताभित्रै विज्ञापन गरिने आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए । उनका अनुसार विज्ञापन खुलाउने विषयमै हिजो असार १ गते दिनभरी नै आयोगमा छलफल चलेको थियो । डा. थपलियाले भने, ‘अबको एक/दुई दिनदेखि साताभित्रै लाइसेन्सको विज्ञापन हुन्छ । हामीले अन्तिम तयारी सकेका छौं ।’

आयोगले विद्यालय शिक्षाका माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तीनै तहका लागि लाइसेन्स परीक्षा लिन लागेको हो । आयोगले परीक्षा फारम अनलाइनबाटै भर्ने व्यवस्था गर्दैछ । अहिलेसम्म परीक्षार्थी जुन जिल्लाको हो, सोही जिल्लामा गई दरखास्त दिनुपर्ने बाध्यता थियो । यसो गर्दा परीक्षार्थीले शास्ती र खर्च दुबै ब्यहोर्नुपरेको थियो ।

अनलाइन फारम भर्ने र बुझाउने तरिका आयोगको वेभसाइटमा राखिनेछ । शिक्षक सेवा आयोगले अब वस्तुगत प्रश्नको उत्तर मेसिनबाटै परीक्षण गर्ने तयारी गरेको छ । परीक्षाको विश्वसनीयता बढाउन यसो गर्न लागिएको हो ।

अहिलेसम्म आयोगको परीक्षा दिएर करिव ७ लाख व्यक्तिसित शिक्षण लाइसेन्स भएको बताइएको छ । यीमध्ये एकैजनाबाट तीन तहको लाइसेन्स लिनेहरुको संख्या पनि उल्लेखनीय छ । कोही ४० वर्ष नाघेका र कतिचाहिँ अर्को पेशामा गइसकेकाले ७ लाख जना नै शिक्षक हुन तयार जनशक्ति भने अहिले नभएको आयोगको ठम्याई छ ।

कुन योग्यताले कुन तहमा दिन पाउने ?

माध्यमिकका लागि स्नातक, निम्नमाध्यमिक र प्राथमिक तहका निम्ति १२ कक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ । यसमा पाँच किसिमका योग्यता निर्धारण गर्न लागिएको डा. थपलियाले जानकारी दिए  । उनले भने , ‘पहिलो त योग्यता र तालिम पूरा गर्नेहरुले परीक्षा दिन पाउँनेछन् ।

अर्को कुरा, शिक्षा ऐनले तोकेअनुसार विज्ञान, गणितलगायत ९ वटा विषयमा तालिम नभएपनि परीक्षा दिन पाउने व्यवस्था गरिँदैछ ।’ साथै, साविकको उच्च माध्यमिक तहमा कार्यरत भएका कारणले अस्थायी लाइसेन्स पाउनेहरुका निम्ति पनि जाँच दिने अवसर दिन लागिएको डा. थपलियाको भनाई छ  ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...