आइसीसी विश्व कप क्रिकेटमा आज भारत र पाकिस्तानबीच खेल हुने

काठमाडौं । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र पाकिस्ताबीच खेल हुँदैछ । म्यानचेस्टरमा हुने आजको खेल दिउँसो सवा ३ बजेबाट सुरु हुने छ । भारत र पाकिस्ताबीचको खेल सँधै चर्चाको विषय बन्ने गरेको छ । 

विश्व कप क्रिकेटको इतिहास हेर्ने हो भने भारत र पाकिस्तान सातौ पटक एक आपसमा भिड्न लागेका छन् । यसअघिको ६ खेलमा पाकिस्तान भारतसँग पराजित भएको छ । 

भारत र पाकिस्तानबीच अन्य मुद्दामापनि बेला बेलामा विवाद हुने कारणले गर्दा यी दुई देशबीचको खेल निकै महत्वपूर्ण र चर्चीत बन्ने गरेको छ । तर, आजको खेलमा भने वर्षाको पनि डर छ । पछिल्ला केहि खेलहरु वर्षाका कारण प्रभावित बनेपछि भारत र पाकिस्तानलाई पनि यसले प्रभावित बनाउन सक्छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...